१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिवन नगरपालिकाले सोनाम ल्होछारमा दुई दिन सार्वजनिक विदा दिने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवन नगरपालिकाले सोनाम ल्होछारमा दुई दिन सार्वजनिक विदा दिने

राजु तामाङ,

हरिवन माघ ६ गते।  शुक्रबार तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार (नयाँ वर्ष) मा हरिवन नगरपालिकाले दुई दिनको सार्वजनिक विदा दिइने भएको छ। माघ ५ गते बसेको नगर कार्यपालिकाको बैठकबाट सो निर्णय गरेको नगरपालिकाले जनाएको हो।

आदिवासीहरुको मुख्य चाँडपर्वहरुमा दिइदै आइरहेको सार्वजनिक विदा केही वर्ष अगाडी संघीय सरकारले विदा कटौती गरेको थियो तर देश संघीयतामा गएपछि स्थानीय सरकारले आफ्नो पालिका भित्र बसोबास गर्ने समुदायको साँस्कृतिक पर्वहरुमा पालिकाले नै निर्णय गरी विदा दिने अधिकार भएको हुँदा ल्होछारको विदा दिइएको नगरपालिकाले जनाएको छ।

केन्द्रीय सरकारले विदा कटौती गरेको भन्दै विभिन्न स्थानीय पालिकाहरुमा विगतका वर्षहरु देखि नेपाल तामाङ घेदुङले सार्वजनिक विदाको माघ गर्दै ज्ञापनपत्र बुझाउँदै आइरहेको थियो जस अनुसार हरिवनमा पूर्व संस्थापक मेयर गणेश प्रसाईले ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको थियो ।

सोही निर्णयको कार्यन्वयन होस भनी यो पटक भने घेदुङले कुनै पत्र नबुझाएको हरिवन घेदुङले बताएको छ। यसरी नगरपालिकाले निर्णयको पालना गरि सार्वजनिक विदा दिइएकोमा हरिवन नगर घेदुङ अध्यक्ष राजु लोले पालिकालाई धन्यबाद ज्ञापन गरेको छ। यो वर्ष तामाङ समुदायले बाघ वर्गलाई बिदाई गरी बिरालो वर्गलाई स्वागत गर्दै २८५९ (ह्योयी) तावर ल्हो सोनाम ल्होछार हर्षो उल्लासका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउँदै छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.