
सर्लाही, माघ ६ गते ।। सर्लाहीको चन्द्रनगर २ बबरगंजस्थित दुर्गा खोभारी माविमा पानी शुद्ध बनाउने फिल्टर जडान गरिएको छ ।केशरी इन्टरनेशनल एण्ड सप्लायर्सले जडान गरेको उक्त फिल्टरको शुक्रबार गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गितादेवी महतोले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
इन्भाइरमेन्ट प्रोटेक्सन सेन्टर(ईपिसी) नेपाल रौतहटले भ्यालू नेटवर्क भेन्चर एड्भाईजरी सर्भिस सिंगापुरको सहयोगमा पानी शुद्ध गर्ने एक थान फिल्टर सो विद्यालयलाई उपलब्ध गराएको हो ।
विद्यालयका विद्यार्थीहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउन समस्या भएपछि आफैले पहल गरेर विद्यालयका लागि एक थान फिल्टर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको स्वकीय सचिव उमेश कुमार साहले बताए ।
स्वकीय सचिव साहको पहलमा विद्यालयमा उक्त पानी शुद्ध बनाउने फिल्टर प्राप्त भएको विद्यालयका प्रधानाध्यापक राजदेव रायले पुष्टी गरे । प्राधानाध्यापक रायले पानी शुद्ध बनाउने फिल्टर भएपछि विद्यार्थी तथा शिक्षकमा पानिकै कारण हुने समस्यकाको अन्तय भएको बताए ।
पानी खाने मुख्य श्रोत हयाण्ड पाइप हो र ति हयाण्ड पाइपहरु बाट निस्कने पानीमा आरसेनिकको मात्रा पर्याप्त रहेको प्रअ रायले बताए ।