१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
चन्द्रनगर गाउँपालिका अध्यक्ष महतो सम्मानित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगर गाउँपालिका अध्यक्ष महतो सम्मानित

धनुषा ।सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो मिथिला नगरीमा सम्मानित हुनुभएको छ । मैथिली साहित्यकार सभाले महतोलाई दिना–भद्री भाषा अभियानी सम्मान २०७९ प्रदान गरेको छ । उक्त सम्मान जनकपुरधाममा मिथिला संस्कृति, सम्पदा, कला र भाषा संरक्षण मैथिली साहित्यकार सभाको आयोजनामा उनलाई प्रदान गरिएको हो । जनकपुर धाममा आयोजित उक्त साहित्यकार सभामा मिथिला संस्कृति, सम्पदा, कला, भाषा संरक्षण र प्रवर्दनका लागि प्रदान गरिएको थियो । सभामा मिथिला संस्कृति, सम्पदा, कला र भाषा संरक्षण मैथिली साहित्यकारहरुको विचार व्यक्त गरिएको थियो ।

सभामा मैथिली साहित्यकारका क्षेत्रमा विगत डेढ दशकदेखि विशेष योगदानक गरेका साहित्यकारहरुलाई कदर पत्र प्रदान गरिएको थियो । त्यसरी प्रदान गरिएको कदर–पत्र मिथिलाका लोकनायक दिना–भद्रिक नाममा स्थापित “दिना–भद्री भाषा अभियानी सम्मान २०७९” को माता जानकीको चरणमा अपर्ण गरिएको थियो ।

यसरी मैथिली संस्कृति, सम्पदा, कला र भाषा संरक्षण, प्रवर्दनका लागि पवित्र अभियान भएको बताइएको छ । सभामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा समन्वय, सहयोग र सहकार्य मार्फत योगदान पुग्ने पनि बताइएको थियो । यसको संरक्षण र सम्वद्र्धनका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै आभार व्यक्त गरिएको थियो ।
साथै मैथिली साहित्यकार सभाको आयोजना गरी मैथिली लोकसाहित्य, भाषा, संस्कार, संस्कृतिको विकास र सम्वद्र्धनका लागि सबैको साथ,सहयोग रहेको भन्दै संस्थाद्वारा सबैमा आभार प्रकट गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.