
सर्लाही,११ माघ । नेपाली कांग्रेसको मधेस प्रदेश अन्तर्गतको स्वास्थ्य विभाग प्रमुखमा सर्लाही निवासी नेपाली कांग्रेस नेत्री शर्मिला थापा नियुक्त भएकी छन ।
नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको कार्यालय, धनुषाले मंगलवार एक पत्र जारी गर्दै सर्लाही निवासी महिला नेत्री थापालाई स्वास्थ्य बिभाग प्रमुखमा नियुक्त गरेको छ ।
नेपाली कांग्रेसको विधान २०१७ को धारा १३(११) बमोजिम थापालाई स्वास्थ्य बिभाग प्रमुखमा नियुक्त गरिएको नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको सभापति कृष्ण प्रसाद यादवले जानकारी दिए ।
महिला नेत्री थापाले नेपाली कांग्रेसले आफुलाई गहन जिम्मेवारी प्रदान बताइन्न । स्वास्थ्य जस्तो अत्यन्त संवेदनशील र गहन क्षेत्रमा दिईएको यो जिम्मेवारीलाई अथक लगन र मिहिनेतले पूरा गर्ने नेपाली कांग्रेस नेत्री थापाले बताइन्न ।