१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
निजगढ काठमाडौ द्रुत मार्गको काम मेरो पहिलो प्राथमिकतामा छ : रक्षा मन्त्री उप्रेती – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

निजगढ काठमाडौ द्रुत मार्गको काम मेरो पहिलो प्राथमिकतामा छ : रक्षा मन्त्री उप्रेती

सर्लाही,११ माघ । नेपाल सरकारका रक्षा मन्त्री हरि उप्रेतीले निजगढ काठमाडौ द्रुत मार्गको काम मेरो कार्यकालको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मुर्तियमा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सवको उदघाटन कार्यक्रमलाइई सम्बोधन गर्दै रक्षा मन्त्री उप्रेतीले दृत मार्गको काम समयमा नै सम्पन्न गर्न सरकार लागि परेको बताउदै केही प्रविधिक समस्याले काम ढिलो भएकाले त्यसको समाधान गरि समयमा नै काम सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको बताए ।

संघीय राजधानीसग जोडने फास्टट्रयाक अन्तर्गतको मुडेबाट सर्लाहीको बागमतीसम्मको दुरी १४ किलोमिटर मात्र रहेकाले बैकल्पिक सडक निर्माणको लागि अध्यन गर्न सरकार चाँडै लागिपर्ने उहाले आश्वासन दिए । रक्षा मन्त्री उप्रेतीले मधेसको जन्ताको उन्नती तथा प्रगतीको लागि निजगढ फास्ट ट्रयाक आजको आवश्यकता भएको बताए । उहाले निजगढ काठमाडौ द्रुत मार्गको काम तिब्र गतिमा अघि बढाइसकेको र सुरुङ्ग खन्ने काम सुरु भएको कतिपय ठाउँमा सुरुङ्गमा समस्या भएपनि त्यसको निराकरणको लागि नेपाली सेनालाई निर्देशन समेत दिइएको रक्षा मन्त्री उप्रेतीले भन्नुभयो ।

मधेसको समृद्धिको लागि रोकिएको फास्ट्रयाकको निर्माण लागि विभिन्न चरणमा छलफल गरेर फास्ट्रयाक निर्माणका लागि प्राथमिकता राखेर काम गरेको । मन्त्री उप्रेतीले काम गर्ने क्रममा सबै अबरोध हटाएर अघि बढेने बताए । आफु सवै दलसँग हातेमालो गरेर अघिबढ्ने छु, जनताको सुख नै आफ्नो सुख हो, अहिलेको पद भनेको जनताको भारि बोक्ने पद हो, विकसित देशको अगाडी नेपाली जन्ताको शिर ठाडो पार्नु हाम्रो कर्तव्य भएको उहाले जिकिर गरे ।

महोत्सवको उद्घाटन गर्दै रक्षामन्त्री उप्रेतीले वर्तमान सरकार स्थानीय कला संस्कृतिको संरक्षण तथा संरक्षणमा लागि पर्ने बताउँदै जिल्लाकै ऐतिहासिक मुक्तेश्वर धाम बाबा मन्दिर संरक्षण र दिगो विकासमा आफुले अभिभावकिय भूमिका निर्वाह गर्ने बताउनुभयो ।


मुर्तियमाआन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्य सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सव तीन दिनसम्म लाग्ने र महोत्सवमा स्थानीय कला संस्कृति झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरिने आयोजक समिति सदस्य बरहथवा नगरपालिका –९ का वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो ।

कार्यक्रम बरहथवा नगरपालिका नगरप्रमुख कल्पना कटुवाल ,उपप्रमुख रामबाबु साहले ऐतिहासिक मुक्तेश्वर बाबा धामको प्रचारप्रसार टेवा पु¥याउन नगरले सबैसँग सहयोग गर्न आग्रह गर्नुभएको छ। यसैगरी महोत्स उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बरहथवा नगरपालिकाका पूर्व नगर उपप्रमुख सीता माझी ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विनोद खनाल,बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापा लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.