
सर्लाही,११माघ ।सर्लाहीको बरहथवा नगरपालिकामा आन्तरिक पर्यटनमा टेवा पुर्याउन मूक्तेश्वर महोत्सव सुरु भएको छ ।
वडा नं ९ मुर्तियामा सुरु भएको छैठो मूक्तेश्वर महोत्सवको उद्घाटन नेपाल सरकारका रक्षा मन्त्री हरि उप्रेतीले गर्नुभयो । छैठो मुक्तेश्वर महोत्सव समितिको आयोजनामा ऐतिहासिक धरोहर मुक्तेश्वर धाम जाअौ, आन्तरिक पर्यटनमा टेवा पुर्याउ मुल नाराका साथ महोत्सव सुरु गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा आन्तरिक पर्यटन बढाउन स्थानीय कला संस्कृति, व्यवसाय प्रवर्द्धन गर्न विभिन्न व्यपारीक स्टल लगायतको प्रदर्शनी भइरहेको छ । महोत्सवमा जिल्लाका विभित्र ठाउका अवलोकनको लागि आन्तरीक पर्यटकको भिड लागेको आयोजकले जनाएको छ ।
मुर्तियमाआन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्य सुरु भएको ऐतिहासिक मुक्तेश्वर महोत्सव तीन दिनसम्म लाग्ने र महोत्सवमा स्थानीय कला संस्कृति झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरिने आयोजक समिति सदस्य बरहथवा नगरपालिका -९ का वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो ।