
काठमाडौं, ११ माघ ।आईटी आर्मीका राष्ट्रिय अध्यक्ष तथा आम जनता पार्टीका केन्द्रीय नेता चन्द्र भुषण साह (सीबी) ले प्रेम आचार्यको आत्मदाहलाई लिएर देशमा तेस्रो जनविद्रोहको आगो बल्ने संकेतको रुपमा टिप्पणी गरेका छन् ।
युवा नेता साहले, लोकतन्त्रमा आस्थाको सबैभन्दा ठुल्लो दरबार संघीय संसद भवन अगाडि प्रतिनिधि पात्र प्रेम प्रसाद आचार्यको आत्मदाहले शासक वर्गको कानको जाली फुट्ने गरी विस्फोट गराएको र गाला सुनिने गरी झापड़ हानेको बताएका छन् ।
उनले अगाडि थपें, यति हुँदा समेत राज्य र शाशक वर्गले आफ्नो आम जनताको वास्तविक दुख, पिरमार्का, चरम नैराश्यता एवं आक्रोशलाई समयमैं बुझेर आत्मबोध गर्दै पूर्ण जवाफदेही एवं जिम्मेदारीका साथ सुध्रिएर अगाडि बढ्दैन वा बढ्न सक्दैन भने देशमा तेस्रो जनविद्रोहको आगो बल्ने निश्चित छ ।
नेता साहले आफ्नो फेसबुक पेजमा आत्मदाह जस्तो ह्रदयविदारक घटनाप्रति गहिरो चिन्ता, दुख एवं आक्रोशपूर्ण भावकासाथ दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवार एवं आफन्तजन तथा स्तब्ध देशवासीप्रति समवेदना समेत व्यक्त गरेका छन् ।