१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीको शिवालयहरुमा बत्रालुहरुको भिड,चन्द्रनगरमा निःशुल्क प्राथमिक उपचार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीको शिवालयहरुमा बत्रालुहरुको भिड,चन्द्रनगरमा निःशुल्क प्राथमिक उपचार

सर्लाही,१२ माघ ।सर्लाहीमा वसन्तपञ्चमीको अवसरमा शिवालयहरु बत्रालुहरुको भिड लागेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको शिवालय, लालबन्दी नगरपालिकामा रहेको शिवालय, हरिपुर नगरपालिकामा रहेको रजवा शिवालय, बरहथवाको मृर्तियामा रहेको शिवालय लगायत अन्य विभिन्न पालिकाहरुको शिवालयमा आज दर्शनार्थी तथा ब्रतालु महिला र पुरुषको भिड लागेको छ । सर्लाहीको अधिकांश शिवालयहरुमा मेला तथा महोत्सव पनि लागेको स्थानियहरुले बताएका छन ।
यसैक्रममा चन्द्रनगर गाउँपालिकामा रहेको नाढिमन तालमा रहेको मरीचीमानेश्वर महादेव  शिवालयमा दर्शन गर्न आउने भक्तजनहरुको लागि निःशुल्क प्राथमिक उपचारको व्यवस्थापन गरिएको चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिनुभयो । भक्तजनहरु तथा ब्रतालुहरु आउँदा समान्य चोट पटक, काटिएको रुघाखोकी लगायत उपचार निःशुल्क प्राथमिक उपचार सहायता कक्षबाट प्रदान भैरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.