१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
घुम्टो भित्र बस्ने महिला आत्मनिर्भर बन्दैँ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

घुम्टो भित्र बस्ने महिला आत्मनिर्भर बन्दैँ

सर्लाही,१३ माघ । तराई मधेशमा व्यक्तिगत विकासमा पछि परेका महिला यतिबेला सक्षम हुन थालेको छ ।तराई मधेशमा हालको अवस्थामा पनि घुम्टो प्रथा, अशिक्षा लगायत अन्य विकृतीहरु बिधमान रहेको छ । यि समस्याहरुलाई चिर्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घुम्टो भित्र बस्ने महिला आत्मनिर्भर बन्दै गएको छ । पहिला परिवारको वा श्रिमानको सहारामा हिडने महिला अहिलो भने आफै आत्मनिर्भर बन्न थालेको छ ।

नेपाल सरकार उधोग, ग्रामीण उद्यम तथा विप्रेशन आयोजना(समृद्धी) अन्तर्गत लैङ्गिक कार्य सिकाई पद्धती कार्यक्र मार्फत चन्द्रनगरको महिलामा परिवर्तन आएको छ । विप्रेशन आयोजना अन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं. २ र ३ गरी ५ वटा महिला कृषक छन । प्रति समुहमा २५ जना महिलाहरु छन, ५ वटै समुहको गरी १ सय २५ जना महिलाहरु यतिबेला आफनै खुट्टामा उभन सफल भएको छ । महिला कृषक समुहमा आवद्ध भएपछि निरक्षर महिला साक्षर, घुम्टोबाट अब बोल्न सक्ने तथा आय आर्जन गर्न सक्ने भएको समृद्धी आयोजना गाल्सका सुपरभाइजर विणा बिष्टले बताउनुभयो ।

लैङ्गिक कार्य सिकाई पद्धती कार्यक्रम मार्फत महिलाहरुलाई पटक पटक तालिम तथा तालिममा निरक्षर महिलाहरुलाई चित्र मार्फत सिकाई कार्य गराउँदा महिलाहरु शशक्त भइरहेको सुपरभाइजर बिष्टले जानकारी दिनुभयो । गाल्स कार्यक्रमले चन्द्रनगरमा महिलाहरुमा शशक्तीकरण समेत भएको सुपरभाइजर बिष्टले दाबी गर्नुभयो ।समृद्धी आयोजनाले हामीहरुमा ठुलो परिवर्तन ल्याएको चन्द्रनगर वडा नं. २ मा रहेको धनलक्ष्मी महिला कृषक समुहका सदस्य अनिता देवी महतोले भन्नुभयो ।

पहिला घुम्टो भित्र बस्थे, बाहिरको व्यक्ति सँग कुरा गर्न नि डर लाग्ने अवस्था थियो महतोले भन्नुभयो । अहिले भने महिला कृषक समुहमा आवद्ध भएपछि तरकारी खेती तथा अन्य नगदे बाली गरेर जग्गा पनि जोडेको महतोले बताउनुभयो । पहिला छोरा छोरीहरुलाई सरकारी विद्यालयमा पढन पठाउथे, अहिले भने तरकारी खेती बाट मनग्य आम्दानी भएपछि ३ जना सन्तानलाई निजि विद्यालयमा पढाउन थालेको सफलताको कथा कृषक समुहमा आवद्ध महिला महतोले सुनाउनुभयो ।बजरङ्गबली महिला कृषक समुहमा आवद्ध महिला मिना देवी साहले पहिला आफुहरुलाई आर्थिक समस्याले सताएको थियो ।

समुहमा आवद्ध भएपछि विभिन्न बचत तथा सहकारीमा पैसा बचत गर्न थालेको बताउनुभयो । आफुले बिगत दुई वर्ष देखि नगदेबाली उत्पादन गरी स्थानिय बजारमा बेचेर सहकारीमा बचत गरेको साहले भन्नुभयो । खुद्रा पैसा बचत गरेर एकमुष्ट रकम आएपछि मेरो ठुल्ल ठुल्लो काम भएको साहले भन्नुभयो ।यसैगरी बजरङ्ग बली महिला कृषी समुहमा आवद्ध अर्की महिला लिला देवी महतोले पनि उल्लेख्निय प्रगती गरेको छ । समुहमा आवद्ध भएपछि लिलाले ५ कठ्ठा जग्गा बाट १ बिग्हा पु¥याउनु भएको छ ।

उहाले समुहमा आवद्ध भएपछि १५ कठा जग्गा जोडनु भयो ।पहिला लिला घुम्टो भित्र बस्ने गरथ्यो अब साक्षर तथा आम्दानी गर्न सक्ने भएकी छिन ।समुहमा आवद्ध भएपछि १ सय २५ जना महिलामै उल्लेख्निय प्रगति भएको समृद्धी आयोजना गाल्सका संयोजक आलोक कर्णले दाबी गर्नुभयो । ५ समुह बिगत तिन वर्ष देखि चलिरहेको छ र ति समुह मध्येकै ५ जना महिलालाई समान्य संस्थागत रोजगारी दिइएको कर्णले भन्नुभयो ।

ग्रामीण उद्यम तथा विप्रेशन आयोजना(समृद्धी) ईटहरील प्रदेश नं. १, मधेश प्रदेश र सिन्धुली जिल्लामा कार्य गरिरहेको छ । ग्रामीण उद्यम तथा विप्रेशन आयोजनाले खासगरी कृषिमा लगानी गर्ने गरेको छ । कृषक समुह खोली तरकारी,दुध,जडिबुटी र माछामा आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको छ । ग्रामीण उद्यम तथा विप्रेशन आयोजनाले मधेश प्रदेशमा लैङ्गीक कार्य सिकाई पद्धती पनि संचालन गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.