१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
स्वास्थ्य पत्रकारिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाज

स्वास्थ्य पत्रकारिता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेमनाथ पौडेल

फाल्गुण २४ बर्दिबास ।  महोत्तरी को बर्दिबास मा भएको दुई दिने प्रदेशस्तरिय स्वास्थ्य पत्रकारिता अन्तरक्रिया अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सर्लाही को हरिवन मा रहेको बागमती सेवा समाज नेपाल को आयोजना तथा आड्रा नेपाल को आर्थिक सहयोग मा दुई चरण मा सोमबार बाट गौतम होटल को सभाहल भएको covid19 vaccintion and emergencey Responce कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम मंगलबार संम्पन्न भएको हो ।

समाज का अध्यक्ष भरतकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रम मा समाज ले गर्दै आएका विभिन्न काम लागयत बिशेषत कोभिड १९को जोखिम पतिस्थिती मा कोभिड को प्रभाव र पत्रकार ले सामाजिक स्वास्थ्यस्थिति को बारे मा कलम चलाउदा आई परेका कठिनाई कलम को माध्यम ले राज्य तथा स्थानिय तह मा पारेको प्रभाव को बारेमा चर्चा गरिएको समाज का स्वास्थ्य संयिजक सुनिल कुमार साह ले बताउनु भयो ।

दुई चरण मा गरि मधेश प्रदेध का चार /चार जिल्ला का पत्रकार बिच अन्तरक्रिया कार्यक्रम को सहजिकरण कान्तिपुर पब्लिकेशन का स्वास्थ्यपत्रकार अतुल मिस्र ले गर्नु भएको थियो भने आड्रा नेपाल ले गर्दै आएको गतिबिधी को बारेमा आड्रा नेपाल का डा सुमन रावलले प्रस्तुत गर्नु भएको थियो ।

२०५१साल मा स्थापना भएको समाज ले देश का प्रदेश एक र मधेश प्रदेश का साथै बागमती प्रदेश मा गरि १७जिल्ला मा विभिन्न सामाजिक बिकाश का कार्यक्रम गर्दै २सय ३६स्थानिय मा खानेपानी तथा सरसफाई ,शिक्षा ,स्वास्थ्य ,आमा तथा बालबालिका सुरक्षा कार्यक्रम ,कोभिड १९ स्वास्थ्यसम्बन्धी कार्यक्रम ,आयाआर्जन ,बैदेशिक रोजगार परामर्श कार्यक्रम र बिपत का समय मा खाध्य सुरक्षा लगायत का काम गर्दै आएको समाज ले जनाएको छ ।

कृषि ,पर्यटन ,शिक्षा महिला तथा बालबालिका र सुखी नेपाली समृद्द नेपाल को परिकल्पना पूरा गर्न पनि स्वास्थ्य समाज बिना सम्भव नहुने हुदा स्वास्थ्य पत्रकारिता मार्फत कलम चलाउदै समाजिक बिकाश र समाज रुपान्तरण मा टेवा पुर्याउन सक्नु पर्ने मा जोड दिईएको थियो । पत्रकारिता सबै को समाज मा महत्वपूर्ण स्थान रहे पनि स्वास्थ्य पत्रकारिता मा पत्रकार को लागि पनि काम र दाम को लागि प्रचुर सम्भवाना रहेको बताईएको थियो ।

कार्यक्रम मा सोम दियाली ,,एसपी गौरब ,दिनानाथ यादव लगायत ले कार्यक्रम ले मधेश प्रदेश का पत्रकार पत्रकार बिच चिनजान गराउनु को साथै स्वास्थ्यपत्रकारिता को महत्त्व लाई छर्ल्लङ्ग संग सिक्ने बुझ्ने अबसर प्रदान गरेको प्रती खुसी र धन्यबाद ब्यक्त गर्दै आगामी दिन मा पनि सस्था ले गर्ने अन्य गतिबिधी र कार्यक्रम मा पनि पत्रकार को सहभागिता गराउनु पर्ने धारणा राखेका थिए । कार्यक्रम मा रौतहट ,सर्लाही ,मोहत्तरी धनुषा सप्तरी लगायत जिल्ला का ७५जना भन्दा बढी पत्रकार को सहभागिता रहेको बागमती सेवा समाज ले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.