
सर्लाही,१३ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुक्रबार एकै दिन दुई वटा वडामा एकल बिधवा महिलाहरुलाई न्यानो फाइबर सिरक प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षता तथा टेवाको आर्थिक सहयोगमा भोर जनकपुरले र चन्द्रनगर गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं. २ बबरगंज र वडा नं. ३ बरकुर्वामा न्यानो पाइबर सिरक वितरण गरिएको हो ।
वडा नं. २ मा करिब १ सय ४५ र वडा नं. ३ मा करिब १ सय ३८ जना एकल बिधवा महिलाहरुलाई न्यानो सिरक प्रदान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । फाइबर सिरक पाएपछि महिलाहरु खुसी भएका थिए ।
शितलहर बाट प्रभावित एकल बिधवा महिलाहरु शुक्रबार चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो , उपाध्यक्ष गिता देवी महतो, वडा नं. २ का वडा अध्यक्ष शम्भु साह, वडा नं. ३ का वडाध्यक्ष सिताराम महतो, वडा सदस्यहरु, समजासेवीहरु, लगायतका व्यक्तिहरुले न्यानो सिरक वितरण गरेको गाउँपालिका अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।
न्यानो सिरक बाँकी रहेको ५ वटा वडामा पनि वितरण गरिने छ, शनिबार पनि विभिन्न वडामा सिरक वितरण हुने अध्यक्ष महतोको स्वकीय सचिव साहले जानकारी दिनुभयो ।
चन्द्रनगरमा ७ वटा वडाहरु रहेको छ, सबै वडा गरी ९ सय ७० एकल बिधवा महिलाहरुलाई फाइबर सिरक प्रदान गरिने स्वकीय सचिव साहले बताउनुभयो ।