१७ मंसिर २०८०, आईतवार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा ६ सय २५ एकल महिलाई न्यानो कपडा वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा ६ सय २५ एकल महिलाई न्यानो कपडा वितरण

सर्लाही,१५ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ९ सय ७० जना एकल महिलालाई फाईबर सिरक वितरण हुने भएको छ ।चन्द्रनगरमा अहिले समको गरी ६ सय २५ एकल महिलाहरुलाई न्यानो फाइबर सिरक राहत स्वरुप प्रदान गरिएको छ ।

फाइबर सिरकको लागि गाउँपालिका बाट छुट्टयाएको बजेट कम भएपछि गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफनो सक्रियतामा टेवाको आर्थिक सहयोगमा भोर जनकपुर सँग समन्वय गरी र गाउँपालिकाको आर्थिक सहयोगमा पनि ९ सय ७० जनालाई न्यानो फाइबर सिरक वितरण गर्नु हुने भएको छ ।

आइतबार गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा वडा नं. ७ मा न्यानो पाइबर सिरक वितरण गरिएको हो । वडा नं. ७ मा करिब १ सय ८ र एकल महिलाहरुलाई न्यानो सिरक प्रदान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

फाइबर सिरक पाएपछि महिलाहरु खुसी भएका थिए । शितलहर बाट प्रभावित एकल बिधवा महिलाहरु शनिवार पनि सिरक प्रदान गरिएको थियो । न्यानो सिरक अहिले सम्म ५ वटा वडामा वितरण भैसकेको र बाँकी रहेको २ वटा वडामा पनि वितरण गरिने छ, सोमबार पनि सिरक वितरण हुने अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।

सिरक वितरण हुने कार्यक्रममा उपाध्यक्ष गिता देवी महतो, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी,वडा सदस्य भगिया देवी पासवान,भगबनिया कापर,रामप्रकाश साह,समाजसेवी चन्देशवर सिह लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.