१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा बैठक सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा बैठक सम्पन्न

चन्द्रनगर,१६ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । आइतवार अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तर्गत चन्द्रनगर गाउँ पालिकाका अध्यक्ष राज कुमार महतो को अध्यक्षतामा सिकाई परियोजनाको अर्ध वार्षिक समिक्षा तथा पुनरावोलोकन बैठक सम्पन्न भएको छ ।

सिकाई परियोजना ले जुलाई देखि डिसेम्बर २०२२ सम्म गरेको काम तथा उपलब्धि हरु संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह ले प्रस्तुत गर्नु भएको थियो । चन्द्रनगर गाउँ पालिकाका अध्यक्ष राज कुमार महतोले सिकाई परियोजना ले शिक्षा क्षेत्र मा उलेखनीय काम गरिरहेको बताउनु भएको थियो । समाबेशी शिक्षा नीति, बाल संरक्षण नीति र स्थानीय पाठ्यक्रम पूर्ण रुपमा लागु गराउन को लागि सम्बन्धित निकाय संग छलफल गरि शिक्षा को पाँच बर्षीय योजना निर्माण गर्ने अध्यक्ष महतोले प्रतिबदता गर्नु भएको थियो ।

वडा न. ३ का वडा अध्यक्ष सिता राम महतोले शिक्षा क्षेत्रमा सिकाई परियोजना संग समन्वय गरेर अगाडी बढाउने बताउनु भएको थियो ।समिक्षा बैठकमा गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत मदन बहादुर थिङ वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, प्र. अ., कार्यपालिका सदस्य, अपांगता संस्था का प्रतिनिधि लगाएत रुपान्तरण कक्षाका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.