११ आश्विन २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
नेपाली कांग्रेस क्षेत्र नं १ ले  मनायो सहिद दिवस – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

नेपाली कांग्रेस क्षेत्र नं १ ले  मनायो सहिद दिवस

सर्लाही,१६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा सर्लाहीमा पनि विविध कार्यक्रम गरी मनाइको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस क्षेत्र नं १ ले सहिदहरुको सम्झना र सम्मान कार्यक्रम गरेको छ। नौपाली कांग्रेस क्षेत्र नं १ को आयोजना तथा क्षेत्रीय सभापति हरि लुङेलीको अध्यक्षतामा सहिदहरुको सम्झना र सम्मान कार्यक्रम गरिएको कार्यक्रमका उदघोषक तथा नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि योगराज देवकोटाले जानकारी दिनुभयो ।

सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो कार्यक्रमका वक्ताहरुले मनतब्य राखेका थिए ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।
चन्द्रनगर गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।


सहिदहरुको सम्झना र सम्मान कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र चौधरी, मधेस प्रदेश सभा सदस्य कौशल राय, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, जिल्ला सह सचिव ईन्द्र योन्जन,महाधिवेशन प्रतिनिधि प्रमोद बराल,
केन्द्रीय महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेता रजनीकान्त झा, विकाउ मंसुर लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.