१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा विभिन्न कार्यक्रम गरी सहित दिवस मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा विभिन्न कार्यक्रम गरी सहित दिवस मनाइयो

सर्लाही,१६ माघ ।सर्लाहीमा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा सर्लाहीमा पनि विविध कार्यक्रम गरी मनाइको छ । सोमबार सर्लाहीको मलंगवा नगरपालिकामा दिप प्रज्वलन गरि सहिद दिवस मनाइएको छ भने चन्द्रनगर गाउँपालिकामा सहिदहरुको सम्झना र सम्मान कार्यक्रम गरि श्रद्धाञ्जली अर्पण गरेर सहिद दिवस मनाइएको हो ।

मलंगवा नगरपालिकामा सहिदको सम्झनामा सहयोगी समाजिक विकास संस्थाले सोमबार साँझ दिप प्रज्वलन गरेका थिए । प्रजातन्त्र स्थापना तथा देश हितको लागि आफ्नो प्राणको आहुती दिएका सहिदहरुको सम्झनामा मलंगवा नगरपालिका वडा नं. १० स्थित सहिद चौकमा सुजित यादवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाइएको थिायो । दिप प्रज्वलन कार्यक्रममा आयोजक संस्थाका संस्थापक अमीत मिश्र,अहमद नुरानी ,अप्सरा मल्ल, मिथिलेश पासवान, बिजय यादव लागायत ३ दर्जन भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

यसैगरी चन्द्रनगरमा नेपाली कांग्रेस क्षेत्र नं १ को आयोजना तथा क्षेत्रीय सभापति हरि लुङेलीको अध्यक्षतामा सहिदहरुको सम्झना र सम्मान कार्यक्रम गरिएको कार्यक्रमका उदघोषक तथा नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि योगराज देवकोटाले जानकारी दिनुभयो ।सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो कार्यक्रमका वक्ताहरुले मनतब्य राखेका थिए ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.