१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
हरिपुर्वा र पर्सामा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वा र पर्सामा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न

सर्लाही,२५ चैत्र । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकाका आधारभूत तहका बालवालिकहरुबिच समावेशी खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न गरिएको छ ।

पहिलो पटक २०७८ मंसिरबाट शुरु भएको क्रियाकलाप दोश्रो पटक. २०७८ माघ, तेश्रो पटक २०७८ फाल्गुन र चौथो पटक २०७८ चैत महिना गरी प्रत्येक विद्यालयमा चारपटक आयोजना गरिएको थियो ।

प्रतियोगितामा सहभागी बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप कापी, कलम, शब्दकोष, सिसाकलम, इलेजर, पेन्सील कटर .लगाएतका शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो ।

दुवै स्थानीय तहमा गरी जम्मा १,५७४ बालक र १,३३० बालवालिकाहरु सहभागी भएका खेलहरुमा अपाङ्गता भएका ४० बालक र ३९ बालिकाहरु सहभागी भएका थिए ।

अतिरिक्त क्रियाकलाप गरिनुभन्दा पहिले २४ विद्यालयका एक–एकजना खेल शिक्षकलाई २ दिनको आधारभूत तालिम दिएको थियो । साथै २४ वटै विद्यालयहरुमा समावेशी खेलकुद अतिरिक्त क्रियाकलापको लागि आवश्यक ३४ प्रकारका सहयोग सामग्रीहरु वितरण गरिएको थियो।

प्रोत्साहन सामग्रीहरुबाट बालबालिकाहरुमा समावेशी समावेशी खेलकुद तथा अतिरिक्त क्रियाकलापप्रति चासो बढ्नुका साथै विद्यालयमा नियमित भई अध्ययनमा उत्साह बढेको प्राथमिक विद्यालय कविलासीका प्रधानाध्यापक रामेश्वर रायले.बताउनु भयो ।

हरिपुर्वा नगरपालिकाका शिक्षा अधिकृत जनक काफ्लेका अनुसार विद्यालयहरुमा यस प्रकारका गतिविधिहरु नियमित सञ्चालन गरिँदा विद्यालयमा छात्रछात्राहरुको उपस्थिति वृद्धिमा सहयोग पुग्ने र उनीहरुको पठनपाठनमा रुचि बढ्ने देखिन्छ।

अष्टे«लियन सरकारको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेशनल, ह्याण्डिक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलङ्गवा सर्लाहीको संयुक्त साझेदारीमा जिल्लाको हरिपुर्वा नगरपालिका, ब्रह्मपुरी, पर्सा र चन्द्रनगर गाउँपालिकामा सञ्चालित सिकाइ परियोजना अन्तर्गत उक्त खेलकुद प्रतियोगिताहरु सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.