
सर्लाही माघ १७ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकाका सय विपन्न परिवारलाई मंगलवार न्यानो कम्बल बितरण गरिएको छ ।
चिसोबाट बच्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले विपन्न परिवारलाई न्यानो कम्बल बितरण गरेका छन् ।
चक्रघट्टा वडा नं. २ का ६२ मुसहर परिवार, वडा नं. ७ का २३ भाँट परिवार र वडा नं. ८ का १५ विपन्न परिवारलाई न्यानो कम्लब बितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको आदेशानुसार जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीबाट आएको नायब सुब्बा रामकृपाल महतो र चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवको उपस्थितिमा न्यानो कम्लब बितरण गरिएको हो ।
न्यानो कपडा पाएपछि विपन्न परिवारलाई चिसोबाट बच्नमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष यादवले बताएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीबाट आएको सय थान न्यानो कम्बल बितरण बस्तीमै पुगेर बितरण गरिएको यादवले बताए ।
न्यानो कम्बल पाएपछि खुशी लागेको चक्रघट्टा २ बेल्हीका झगरु माझी बताएका छन् । न्यानो कम्बल पाएपछि बालबालिकालाई चिसोबाट जोगाउनका लागि ठूलो सहयोग पुग्ने माझीले बताए ।