१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
मोटरसाइकलको ठक्कर बाट बाख्रा चराउन गएकी बालिकाको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मोटरसाइकलको ठक्कर बाट बाख्रा चराउन गएकी बालिकाको मृत्यु

सर्लाही,१० साउन । सर्लाहीको पर्सा गाउपालिकामा मोटरसाइकलको ठक्कर बाट बाख्रा चराउन गएकी बालिकाको मृत्यु भएको छ । वडा नम्बर ४ जिगंडवामा आज बिहान नौ बजे अज्ञात मोटरसाइकलले बाख्रा चराउन गएकी १० बर्षिय बालिकालाई ठक्कर दिदा घटनास्थलमै मृत्यू भएको सग्राम्पुर बि.ओ.पि.शस्त्रबल सुरक्षा चौकिले जानकारी दिए ।
जिगंडवा बाट संग्राम्पुर तिर तिब्र गतिमा गइरहेको मोटरसाइकलले पर्सा गाउपालिका–४ जिगंडवा बस्ने हरि बिरेन्द्र पासवान को छोरी १० वर्षिया मनिषा कुमारी पासवानलाई शस्त्र कैम्प देखि तिन चार सय मिटर उत्तर रहेको इटा भटा अगाडी ठक्कर दिदाँ बालिकाको घटनास्थलमै मृत्यू भएको प्रहरीले बताए ।
बिहानको समय रहेकोले बाटोमा कम ओहर दोहर भएको कारण अपराधी उम्किन सफल भएको र प्रत्यक्षर्दशीहरुले बताएको हुलिया अनुसार पसलहरुमा लगाएको सिसिटिभी क्यामराहरुमा पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।
बालिकाको सव अहिले पोस्टमार्डमको लागी जिल्ला अस्पतालमा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.