१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री वितरण  – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री वितरण 

सर्लाही,१९ माघ । महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय, मधेश प्रदेश, जनकपुरले विद्यालयमा अध्ययनरत बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा बौद्घिक अल्पसंख्यक र अपाङ्गता भएका ४० जनालाई जिल्ला समन्वय समितिको सभा कक्षमा एक समारोहका बीच जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री (कम्बल, टोपी र म्याट) वितरण गरिएको छ ।

कार्यक्रममा जिल्लास्थित श्रीमती सरस्वतीदेवी सामुदायिक आधारभूत विद्यालय, गोडैता नपा–५, रामवन, सर्लाहीमा अध्ययनरत सोनम कुमारी सहनी, शिवानी कुमारी कुशवाहा, चाँदनी कुमारी डोम, राजा मंसु्र र ममता कुमारी महरा तथा महादेव जनता प्राथमिक विद्यालय, बलरा नपा–१०, सुदामा, सर्लाहीका रंजना कुमारी दास, निकी कुमारी दास, गुञ्जा कुमारी पासवान, रजनिश कुमार बैठा र निभा कुमारी पासवानलाई शिक्षा विकास तथा समन्वय इकाइका सुनिल कुशवाहाले कम्बल, टोपी र म्याट हस्तान्तरण गरेका थिए ।

त्यसै गरी ज्येष्ठ नागरिक महालक्ष्मी देवी कर्ण, रामविलास महरा चमार, नयमा खातुन, प्रतिभादेवी कायस्थ, सकुल खातुन मियाँ, रामविनय राय, ठगिया खातुन, शुभनारायण राय यादव, रामचन्द्र महरा चमार र बसकित साहलाई प्रमुख अतिथि जितेन्द्र कुशवाहाले जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री हस्तान्तरण गरेका थिए ।

यसैगरी अपाङ्गता भएका रामदिनेश साह, रविन्द्र पासवान, सन्तोष दास, नवसाद अंसारी, सुमित्रा कुमारी दास, फुल कुमारी देवी, सत्रुधन पंडित, सोखिलाल राय, चित्ररेखा कुमारी र राजिव चौधरीलाई नेपाल अपाङ्ग संघ, सर्लाहीका अध्यक्ष विरेन्द्र राय तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक दर्शन राय, रामविनोद राय, प्रगाश साह, विद्यार्थी राम, लालबाबु राम, एकलाख मुकेरी, हसिम धोवी, रामविनय राम, तसलिम अंसारी र इन्दल रायलाई ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष डा.अब्दुल रहीम मिकरानी तथा मन्त्रालयका उपसचिव महेन्द्र महतोले जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री (कम्बल, टोपी र म्याट) हस्तान्तरण गरेका थिए ।

आज मन्त्रालयले जिल्लाभरी विभिन्न कार्यक्रम गरी ८० जनालाई न्यानो कम्बल, टोपी र म्याट वितरण गरिएको मन्त्रालयका उप सचिव महेन्द्र महतोले बताए । उहाँले महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयलाई प्रत्यक्ष जनतासँग जोडने योजना निर्माण भइरहेको समेत जानकारी दिए । उपसचिव महतोले संख्यात्मक रुपमा थोरै व्यक्तिलाई समेटिएको भए पनि गुणात्मक कार्यको शुरुवात भएकोमा खुशी लागेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुशवाहाले महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले जोडोबाट बच्न न्यानो लुगा तथा सामग्री वितरण गरिरहेकोमा खुशी व्यक्त गरे । उहाँले मन्त्रालयलाई सर्लाही जिल्लालाई प्राथमिकतामा राख्न अनुरोध गर्दै त्यसका लागि उपयुक्त वातारण बनाउन सहयोग गर्ने प्रतिबद्घता गरे ।

कार्यक्रम मन्त्रालयका उपसचिव महेन्द्र महतोको अध्यक्षता, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्य, शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक सुनिल कुशवाहाको विशिष्ट आतिथ्य तथा ज्येष्ठ नागरिक जिल्ला संघ, सर्लाहीका अध्यक्ष डा.अब्दुर रहीम मिकरानी, नेपाल अपाङ्ग संघ, सर्लाहीका विरेन्द्र रायको आतिथ्य र नागरिक समाज, पत्रकार एवं सरोकारबालाको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.