१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
फोनिज मधेस प्रदेशको अध्यक्षमा चौधरी चयन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

फोनिज मधेस प्रदेशको अध्यक्षमा चौधरी चयन

राजु तामाङ, बर्दिबास
माघ २१ गते शनिबार। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको विशेष भेला सम्पन्न भएको छ । शनिबार महोत्तरीको बर्दिबासमा रहेको गौतम होटलमा प्रदेश स्तरीय विशेष भेला आयोजना गरि सम्पन्न गरिएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको अध्यक्ष प्रमेश बादेको अध्यक्षता तथा फोनिजका संघीय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यमा आयोजित प्रदेश स्तरीय विशेष भेलाले २१ जनाको नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा दुष्यन्त चौधरी सर्वसम्मत चयन भएका छन कार्यसमितिको उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिव वृजमान तामाङ, सचिव रेनुका चौधरी, कोषाध्यक्ष ज्योति मोक्तान चयन भएका छन ।

कार्यसमितिको सदस्यहरुमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी), शम्भु चौधरी (सिरहा), नवीन चौधरी (बारा), शम्भु चौधरी (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रिन (सर्लाही), मनोज थापा मगर (महोत्तरी) लगायतका चयन भएका छन । बाँकी जिल्लाबाट बाँकी रहेको सदस्यहरुलाई समितिको अर्को बैठकबाट मनोनीत गरि पूरा गर्ने प्रदेश समितिले बताएको छ । त्यस्तै भेला मार्फत केन्द्रीय समितिको संगठन विभागको सदस्यमा सर्लाहीका बरिस्ठ पत्रकार शंकर श्रेष्ठ र प्रदेश समितिको निवर्तमान उपाध्यक्ष दिपेश श्रेष्ठलाई मनोनीत गरेका छन ।

भेलामा फोनिजका संघीय बरिस्ठ उपाध्यक्ष लक्की चौधरी, संघीय उपाध्यक्ष कमान देवान, संघीय महासचिव मिलन लिम्बु, प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर, प्रदेश प्रतिनिधि, विभिन्न जिल्लाका अध्यक्ष र सचिवहरुको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.