१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
उपाध्यक्षमा दियालीसहित सर्लाहीका चार पत्रकार प्रेस युनियनको मधेश प्रदेश कार्यसमितिमा चयन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

उपाध्यक्षमा दियालीसहित सर्लाहीका चार पत्रकार प्रेस युनियनको मधेश प्रदेश कार्यसमितिमा चयन

माघ २२ गते, बारा ।। सर्लाहीका सक्रिय पत्रकार सोम दियाली नेपाल प्रेस युनियनको मधेश प्रदेशको उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सर्लाहीकै पुस्तिका केसी सचिव पदमा तथा मुकेश झा र राकेश गुप्ता प्रदेश कार्यसमिति सदस्यमा चयन भएका छन् ।
शनिवार बाराको कलैयामा सम्पन्न युनियनको प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्ष, सचिव र दुई सदस्यसहित सर्लाहीबाट ४ जनालाई प्रदेश कार्यसमितिमा पार्न आफूहरु सफल भएको नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाले बताए ।
अधिवेशनले युनियनको प्रदेश अध्यक्षमा बाराका सक्रिय पत्रकार सत्यप्रकाश श्रेष्ठलाई चयन गरेको छ भने उपाध्यक्षमा सप्तरीका धिरेन्द्र प्रसाद साह, समावेशी उपाध्यक्षमा सर्लाहीका सोम दियाली, महिला उपाध्यक्षमा सिराहकी रमिता नेपाल, महासचिवमा धनुषाका अजय कुमार साहलाई चयन गरेको छ ।

त्यसैगरी सचिवमा सन्तोष पाण्डे, समावेशी सचिवमा सर्लाहीकी पुस्तिका केसी, मनोज माझी र कोषाध्यक्षमा पर्साका रामउदास थारु चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सर्लाहीका पत्रकारद्वय मुकेश झा र राकेश गुप्तासहित गिरीराज ओली, सिर्जना थापा, श्रवण साह, धिरेन्द्र श्रेष्ठ, विजय कुमार साह, संजीव कुमार साह, अजय कुमार साह, उत्तिमलाल कापरी, बब्लु चौधरी, शैलेन्द्र सिंह, नवीन चौधरी, दिपेश मल्लिक र नरेश चौधरी चयन भएका छन् ।
त्यसैगरी अधिवेशनले रन्जन खरेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । लेखा समितिको सदस्यमा राहुल गुप्ता र प्रिंयका दास चयन भएका छन् ।
अधिवेशन प्रेस युनियन बाराको आतिथ्यता तथा केन्द्रीय कार्यसमितिको आयोजनामा कलैयास्थित करणराज पार्टी प्यालेसमा भएको थियो । अधिवेशनको उद्घाटन युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार कर्णको अध्यक्षतामा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गरेका थिए । उद्घाटन सत्रलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतले सम्बोधन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.