
सर्लाही,२२ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पहिलोपटक सन्त श्री रविदास जयन्ती मनाइएको छ । आइतवार आज चनद्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा सन्त श्री रविदासको ६ सय ४६ औं जन्मदिन मनाइएको हो ।
सन्त श्री रविदासले चमार तथा अन्य जातीको उत्थानका लागि विभिन्न किसिमको योगदान दिनुभएको हुदा भारत तथा नेपालमा उहाँको सम्झनामा जन्मदिन अर्थात जयन्ती मनाउने गरिन्छ । नेपालमा हाल सम तिनै तहको सरकारले सन्त रविदासको जयन्ती मनाएको थिएन ।
स्थानीयले भने मनाउने गरेका थिए , तर यश वर्ष चन्द्रनगर गाउँपालिकाले नै चमार जातीको उपस्थितिमा सन्त श्री रविदासको ६ सय ४६ औं जन्मदिन मनाएको स्थानीय रामजी महराले बताउनुभयो ।
चन्द्रनगर गाउँपालिकाले यो जयन्ती मनाएर दलित समुदायलाई सम्मान गरेको अर्का स्थानीय रामकेवल महराले जानकारी दिनुभयो ।
पौराणिक धार्मिक कथा अनुसार सन्त श्री रविदासजी चमार जातीका थिए, जुता बनाउने सिलाउने काम गरनुहुन्थ्यो। सन्त श्री रविदासजीले तपस्या गरि चमार जाती लगायत अन्य जातीको पनि कल्याण गरेको हुदा उहाको जन्मदिन मनाउने चलको सुरुवात भएको स्थानीय झगरु महरा भन्नुभयो ।
चन्द्रनगर गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले सन्त श्री रविदासलाई सम्झना गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।
कार्यक्रममा बोल्नु हुदै चन्द्रनगर अध्यक्ष महतोले दलित समुदायको वर्षौंदेखि दबिएको हेपिएको छ।
सरकारको ब्यानरमा पहिलोपटक सन्त श्री रविदासजीको जयन्ती पहिलोपटक मनाइएको अध्यक्ष महतोलौ भन्नुभयो ।चन्द्रनगरमा सबै जातीय समेटिने कुलधाम देवता निर्माण गर्न बजेट छुटयाइएको छ, कुलधाम देवता बनाउदा सन्त श्री रविदासजीको पनि मुर्ति बनाइने अध्यक्ष महतोले बताउनुभयो ।
जयन्ती कार्यक्रममा चन्द्रनगर गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, प्रमुख प्रशासकीय अधिकृत मदन थिंग, वडा नं १ वडा सदस्य रामेश्वर प्रसाद महतो, समाजसेवी महावीर महतो लगायत विभिन्न व्यक्तिहरुले मनतव्य राख्नुभएको थियो ।
यो जयन्ती सर्लाहीको बरहथवा नगरपालिका लगायत अन्य विभिन्न पालिकाको स्थानीयले मनाउने गरेको छ ।