
सर्लाही,२४ माघ । सर्लाहीमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत सर्लाही आउने भएको छ । डा. राउत जनमत पार्टीमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट गर्न बिहिबार सदरमुकाम मलंगवा आउनु हुने जनमत पार्टी सर्लाहीले जनाएको छ ।
मलंगवा नगरपालिकामा रहेको कुशुम पार्टी पैलसमा बिहिबार बिहान ११ बजे डा. राउतको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम राखिएको जनमत पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले जानकारी दिए ।