
सर्लाही,२५ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पनन भएको छ ।
बुधवार चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रममा आम औषधी सेवन अभियान २०७९ बारे सहभागीहरु सँग छलफल भएको थियो ।
गोष्ठीमा आउँदो फाल्गुन ११ गते देखी हात्तीपाईले रोग निवारण कार्यक्रममा सुरु हुने र आम औषधी सेवन अभियान सफलताको लागि चन्द्रनगरका सम्पुर्ण जनप्रतिनिधि तथा गाउँपालिकाका सम्पुर्ण शाखा प्रमुखहरु सँग कार्यक्रम सफलता के कसरी बनाउने विषयमा छलफल गरिएको स्वास्थ्य शाखा संयोजक अमृत चौधरीले जानकारी दिनुभयो ।