१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
गोडैतामा ६५ लाखको लागतमा ट्रष्ट ब्रिज निमार्ण हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

गोडैतामा ६५ लाखको लागतमा ट्रष्ट ब्रिज निमार्ण हुने

सर्लाही,२७ माघ ।सर्लाहीको गोडैता नगरपालिकामा ६५ लाखको लागतमा ट्रष्ट ब्रिज निमार्ण हुने भएको छ ।
गोडैता नगरपालिका वडा नं ३ भगवतीपुर देखि भटौलिया जाने बाटोमा ट्रष्ट ब्रिज निमार्ण हुने भएको छ । शुक्रबार ट्रष्ट ब्रिज पुलको शिलान्यास एक कार्यक्रम गरी गोडैता नगर प्रमुख देबेन्द्र यादवले गर्नुभएको थियो ।
पुल निर्माण हुने भएपछी भगवतीपुर तथा भटौलियाका स्थानीय खुसी भएका छन । भगवतीपुर तथा भटौलिया जोडने पुल नभएपछि स्थानीयहरुलाई आवात जावतमा निकै नै समस्या झेल्नुपरेको छ । संघीय सरकारको सहयोगमा पुल निर्माण कार्य अघि बढाईएको गोडैता नगर प्रमुख यादवले बताउनु भयो।
पुल नहुदा बर्खा याममा बाल बालिकाहरुलाई बिद्यालय जान समस्या भैरहेको थियो,अब यी समस्या चाडै हट्ने मेयर यादवले बताउनु भयो। पुलको काम तिब्र गतिमा अघि बढने छ र आफु प्रत्यक्ष निगरानी समेत गर्ने नगर प्रमुख यादवले बताउनुभयो ।ट्रष्ट ब्रिज पुल बैशाखबाट संचालन हुने गोडैता नगरपालिकाले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.