१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
“घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम” शुरु – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

“घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम” शुरु

सर्लाही,२८ माघ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत “घटना व्यवस्थापन तथा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम” होटेल सिता पैलेशमा शुरु भएको छ ।
ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतो र उपाध्यक्ष गिता देवी महतोले संयूक्त रुपमा दिप प्रजोलन गरी तालिमको उद्घाटन गर्नु भएको थियो । तालिममा ब्रहम्पुरी र चन्द्रनगर गाउँपालिका तथा जिल्लामा बाल संरक्षणको क्षेत्रमा कार्यरत सेवा प्रदायक व्यक्रीहरुको सहभागीता रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले विकास भनेको भौतिक पुर्वाधार तथा निर्माण कार्य मात्रै हैन यस्ता तालिमहरबाट पनि समुदायमा जनचेतना फैलाएर मानविय विकास गर्न सकिन्छ । यो तालिमले समुदायमा घटेको घटनालाई व्यवस्थित गर्न सकियो भने मानविय छति पनि कम गर्न सकिन्छ ।
ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साहले सहभागीहरुलाई तालिममा सिकेको कुरा व्यहवारमा लागु गर्नु पर्ने बताउनु भएको थियो ।
तालिमको सहजिकरण मनोसामाजिक परामर्श कर्ता प्रशिक्षक महेन्द्र महतो र राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले गरिरहनु भएको छ ।
तालिम मिति २०७९ साल माघ २७ गते देखि २९ गते सम्म होटेल सिता पैलेसमा संचालन हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.