१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
सुकुम्बासी परिबारलाई ३० वटा पाठि बितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सुकुम्बासी परिबारलाई ३० वटा पाठि बितरण

सर्लाही,६ श्रावन । सर्लाहीको लालबन्दी नगरपालिकामा ३० वटा पाठि वितरण गरिएको छ । लायन्स कल्ब लालबन्दी सिटी ,लायन्स कल्ब लालबन्दी सेन्चुरी ,लायन्स कल्ब लालबन्दीको साझेदारीमा लालबन्दी नगरपालिका वाडं न १३ मा १५र वाडं न १७ मा पनि १५ वटा पाठि गरी जम्मा ३० वटा पाठि वितरण गरिएको हो ।

वडा नं. १३ र १७ का अति बिपन्न ,सुकुम्बासी परिबारलाई परिवारिक आम्दानीको स्रोत बढने उदेशयका साथ बाख्राको पाठि समाजसेवी भरत प्रसाद ढुगेंलले वडा नं. १३ का वडा अध्यक्ष शिव कृष्ण बैध्य, वडा नं. १७ का वडा अध्यक्ष नवराज अधिकारीको रोहबरमा सुकुम्बासी परिबारलाई पाठि हस्तान्तरण गरिएको समाजसेवी तथा लायन्स कल्ब इन्टरनेशनलका जुन चेयर परसन राजकुमार न्यौपानेले जानकारी दिए ।

पाठि वितरण कार्यक्रममा समाजसेवी दिपेन्द्र अधिकारी ,विकल जर्गा मगर, लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.