१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेविसंघ सर्लाहीका पूर्व जिल्ला सभापतिहरु केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्ट – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

नेविसंघ सर्लाहीका पूर्व जिल्ला सभापतिहरु केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्ट

सर्लाही,१ फागुन। नेपाल विद्यार्थी संघ सर्लाहीका उपलब्ध पूर्व जिल्ला सभापतिहरुले नेविसंघको केन्द्रीय समितिको निर्णयप्रति असन्तोष जनाएका छन् ।संघको केन्द्रीय कार्यसमितिमा मनोनित सभापति दुजाङ शेर्पाले मनोमानी ढंगले जिल्लाहरुमा सभापति तोकी पत्रचार गरेको भन्दै पूर्वसभापतिहरुले प्रेस विज्ञप्ती जारी गर्दै असन्तुष्टि प्रकट गरेका छन् ।

मनोनित अध्यक्ष शेर्पाले तीन महिनाभित्र जिल्लाको अधिवेशन गर्ने समयसीमा राखि माघ १३ गते धिरज दाहा यादवलाई सर्लाहीको सभापति तोकी पठाएका थिए ।सो निर्णय आफूहरुलाई चित्त नबुझेको भन्दै पूर्व जिल्ला सभापतिहरुले विज्ञप्ती मार्फत मनोनित केन्द्रीय अध्यक्षको निर्णय सच्याउन माग गरेका हुन् ।

पूर्व जिल्ला सभापतिहरु अशोक खनाल, नबीन अधिकारी, जगत नारायण राय, निरमुनि मैनाली, विमल ढुंगेल र राजु थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा ‘मनोनित सभापतीबाट विभिन्न जिल्लामा जिल्ला संयोजक (सभापती) तोकी पत्राचार गर्ने कार्य भैरहेको भनिएको छ ।

यसै सिलसिलामा सर्लाही जिल्लामासमेत मनोमानी ढंगले संयोजक तोकी पठाउने कार्य भएकोले इतिहास र गरिमामा ठुलो चोट पुगेको र यसको मर्ममा निर्मम प्रहार भएको महसुश गरेका छौ ।विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तीमा ‘ निर्णय प्रति नेविसंघ सर्लाहीको नेतृत्व गरिसकेका नाताको ध्यानाकर्षण हुनु स्वाभाविक र अनिवार्य ठानी निर्णय खारेज गरी सर्लाही जिल्लामै कृयाशील बिधार्थी हरुको भेला र आपसी छलफलबाट आएको बिधार्थी नेतालाई संयोजक तोकी जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेविसंघ केन्द्रिय समिति, नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमिति र सरोकार राख्ने बिधार्थी समक्ष अनुरोध गर्दछौ ’ विज्ञप्तिमा उल्लेख छ।

उनीहरुले मनोमानी वा केहि सिमित व्यक्ति र स्वार्थ समुहको प्रभावमा परि गरिएको निर्णय सच्याएर अगाडी बढ्न आग्रह गर्दै ,विधार्थीहरुको आम भेला बोलाउनका लागि पार्टी सभापती समक्ष आग्रह गरेका छन् । निर्णय न सच्याए आम बिधार्थीको दवाब र आवश्यकता अनुरुप अर्को पूर्ण कमिटि गठन समेतको अवस्था आउने तर्फसमेत उनीहरुले विज्ञप्तिमार्फ ध्यानाकर्षण गराएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.