१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
आप्रावसनको असर तथा प्रभाव सम्वन्धि कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरसमाचारसमाज

आप्रावसनको असर तथा प्रभाव सम्वन्धि कार्यक्रम सम्पन्न

रबिन्द्र यादव
नवलपरासी पश्चिम, १ फागुन । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको आयोजनामा सोमबार सामी कार्यक्रम अन्तर्गत भएको समुदायका अगुवाहरुलाई आप्रवासनको असर तथा प्रभाव, कामदारहरुलाई सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारमा गएका युवा र तिनीहरुको परिवारलाई समाजमा सहजता प्रदान गर्न र तिनीहरुलाई उद्धम संग जोडी स्वरोजगार बनाउन सो अन्तरक्रिया गरिएको सामी परियोजना कार्यक्रमका जिल्ला संयोजक ज्ञानेश्वर भण्डारीले बताए ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका उप प्रमुख मान कुमारी चौधरीले गर्नु थियो । विभिन्न संघ संस्थाका अगुवा र सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बैदेशिक रोजगारमा रहेका पुरुष र महिला कामदारहरु प्रति परिवार र समाजमा देखिएका अमानवीय र अव्यावहारिक क्रियाकलापको अन्तय हुनुपर्नेमा जोड दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उमेशचन्द यादवले युवाहरु वैदेशिक रोजगारीमा जादा समाजमा धेरै जसो समस्या र असर महिलालाई पर्ने हुँदा महिलाको स्वरोजगार र उनीहरुको दैनिक जिवनमा पर्ने कठिनाईहरुलाई सामी परियोजना कार्यक्रमले ठुलो सहयोग गरेको बताए । उहाँले महिलाको स्वरोजगार र उनीहरुको सिप विकासको लागि गाउँपालिका प्रतिबद्ध रहेको समेत जानकारी दिए । समाज र समुदाय देखिएका यस्ता व्यवहारलाई न्युनिकरणमा सबै राजनितीक दल, संघ संस्थाका अगुवा र सरोकारवाला लागि पर्नेमा जोड दिए ।

वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक लागत न्युनिकरण, बैदेशिक रोजगारमा रहेका कामदारहरुका परिवारलाई विशेष गरि महिला कामदार तथा युवा कामदारका श्रीमतीहरुलाई सामाजिक लाअ्छना तथा त्यसका असर र महिला कामदारहरु तथा बैदेशिक रोजगारीमा रहेका पुरुष कामदारका श्रीमतीहरुले परिवार तथा समाजमा पुर्याएको सकारात्मक योगदान बारे छलफल गरिएको थियोे ।

यसैगरी समाजका अगुवाहरुको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, बृद्धिजिवीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.