
महोत्तरी, ९फागुन । एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सडक नाटक सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज फागुन ८ गते सम्पन्न भएको छ ।
किशोर किशोरीहरुलाई अभिनय कला, सडक नाटक लेखन, प्रस्तुतिकरण सम्बन्धी क्षमता अभिवृद्धि गरी समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको तालिममा एकडारा र सम्सी गाउँपालिकाका १९ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
फागुन २ गतेबाट शुरु भएको तालिमको सहजिकरण अभियान साहित्य कलाकार समाज काठमाण्डौंका घनश्याम गौतम र युग ज्योति गौतमले गर्नु भएको थियो ।
तालिम पश्चात सहभागी टिमले सम्सी र एकडाराको २ स्थानमा सडक नाटक समेत आज फागुन ८ गते प्रदर्शनी गरियो । समुदायमा विद्यमान बालविवाह, गर्भवती तथा सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको हेरचाह आदि विषय वस्तु नाटकमा समेटिएको थियो ।
उक्त नाटक एकडारा र सम्सी गाउँपालिकाका विभिन्न स्थानमा सहभागी किशोर किशोरीहरुले हरेक शनिवार देखाउने योजना रहेको कुरा आयोजक एकिकृत ग्रामिण विकास समाज, महोत्तरीका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।