१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सार्वजनिक बिदाको अवज्ञा गर्ने स्कुल बसमा तोडफोड – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सार्वजनिक बिदाको अवज्ञा गर्ने स्कुल बसमा तोडफोड

राजु तामाङ, हरिवन
फागुन ९ गते ।। सर्लाहीमा सार्वजनिक विदाको अवज्ञा गर्ने स्कुल बसमाथि तोडफोड भएको छ । नेपालीहरुको राष्ट्रिय साँस्कृतिक पर्व महायानी बौद्ध धर्मावलम्बीको चाँड ग्याल्पो ल्होसार २१५० को अवसरमा नेपाल सरकारले दिएको सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै जनजाति महासंघ सर्लाहीका कार्यकर्ताहरुले स्कुल बसमा तोडफोड गरेको महासंघले जनाएको छ ।

सार्वजनिक बिदाको अवज्ञा गरेको भन्दै लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको पिस जोन इङलिस बोर्डिङ स्कुलको बस ना। १ क। ८८३४ को नं। बस हरिवन ४ स्थित गणेश चोकमा तोडफोड गरेको महासंघले जनाएको छ ।

आफुहरुले सार्वजनिक बिदाको समयमा स्कुल सञ्चालन नगर्नु भनी स्कुल परिवारलाई पुर्व जानकारी गराउँदा पनि केही स्कुलहरुले अटेर गरेको भन्दै भौतिक कार्वाही गरेको जनजाति युवा महासंघ मधेश प्रदेशले दाबी गरेको छ ।
उक्त घट्नाको सम्पूर्ण जिम्मेवारी महासंघले लिएको जनाएको छ । सार्वजनिक बिदाको विषयलाई लिएर आफुहरुले निजी विद्यालयको संगठन प्याब्सन सर्लाहीलाई समेत आधिकारिक रुपमा जानकारी गराएको पनि महासंघले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.