१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
हरिपुर नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २स्थानीय

हरिपुर नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

हरिपुर,२६ माघ ।हरिपुरको हात्तीसार खेलमैदानमा पाँचौ हरिपुर नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज बिहिवारबाट सुरु भएको छ ।

प्रतियोगिताको हरिपुर नगरपालिकाका मेयर गोपाल पजियार र संबिधानसभा सदस्य रामचन्द्र चौधरी संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

राष्ट्रका लागि खेल ,स्वास्थ्य लागि खेल , सबैका लागि खेल भन्ने नाराको साथ सुरु भएको प्रतियोगिता २८ माघसम्म संचालन हुने हरिपुर नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक नागेश्वर रायले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन पालिका स्तरका सामुदायिक र संस्थागत गरि १५ विद्यालयले सहभागीता जनाएका छन्। प्रतियोगितामा विभिन्न बिधाका खेलकुदका कार्यक्रम समाबेश गरिने बताएको छ। उद्घाटन समारोहलाई प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले स्वागत गर्नुभएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.