
रौतहट ।रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले मधानी महायज्ञलाई विथोल्न विभिन्न प्रपंच गरेका नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुखलाई कारवाही गर्न सम्बध निकाय संग माग गरेकी छिन् ।
फागुन ५ गते महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरा पुरातात्वीक महादेव मन्दीरमा मधानी महायज्ञको उदघाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनद्धारा आएका थिए ।
उदघाटन समारोहमा पटक पटक विद्युत लाईनलाई व्यवस्थित राख्न नगरपालिकाबाट पत्राचार गरिएको, उदघाटन स्थलमा जडान गरिएका विद्युतिय उपकरणहरु जानी जानी हटाउन निर्देशन दिने मौलापुर शाखा प्रमुख अरुणकुमार साहद्धारा अवरोध सृजना गराउने कार्य गरिएकोमा सम्बन्धित निकायद्धारा प्रमुख साह विरुद्ध कारवाही गर्न उनले एक विज्ञप्ती जारी गर्दै माग गरेकी छन् ।
विद्युत लाईन किन अवरुद्ध गरेको भनेर बुझ्न खोज्दा उल्टै शाखा कार्यालय प्रमुख साहले गाली ग्लौजको साथै केही व्यक्तिहरु पठाएर हुलहुज्जत गराएकोमा निजको हर्कत विरुद्ध आवश्यक छानविन गरेर दोषिलाई कानूनी कारवाही गर्न मेयर साहले माग गरेकी हुन् ।
मौलापुर नगरपालिका–५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा प्रत्येक बर्ष मधानी महायज्ञ हुदै आएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक बर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको हो ।