१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा नगर प्रमुख साहले गरे जयगंगा बचत तथा ऋण सहकारी संस्थाको भवन उद्धघाटन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वा नगर प्रमुख साहले गरे जयगंगा बचत तथा ऋण सहकारी संस्थाको भवन उद्धघाटन

हरिपुर्वा । सर्लाहीको पुर्वी क्षेत्रमा रहेको हरिपुर्वा नगरपालिका ५ स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको नया भवनको उद्घाटन हरिपुर्वा नगरप्रमुख बिनोद कुमार साह द्वारा सु सप्पन्न भएको छ ।

२०६६ साल जेठ महिनाको २८ गते जिल्ला डिभिजन सहकारी कार्यालय बाट दर्ता गराइ शुरूवात गरेको जयगंगा बचत तथा ऋण सहकारी संस्था अहिले हरिपुर्वा नगरपालिका भित्र कै पहिलो अनलाइन सहकारीको रुपमा आफ्नो स्थान बनाउन सफल भएको छ ।

नया भवन उद्घाटन कार्यक्रम तथा संस्थाको १४औ बार्षिक सधारण सभामा सहकारीका प्रबन्धक मुकेश झा ले आर्थिक बर्ष २०७८/०७९ को आय व्यय प्रस्तुत गरेको छन । २ हजार ५ सय शेयर पुजि बाट शुरुआत भएको जय गंगा बचत तथा रिन सहकारी संस्थाको शेयर पुजि ३० लाख भएको झा ले बताए ।

त्यसतै संस्थाको निक्षेप बचत मा ५ करोड ५ लाख ३१ हजार ७ सय ६५ रहेको छ । संस्थाको कर्जा लगानी मा ३ करोड ५५ लाख ३६ हजार २ सय ४३ रहेको छ । संस्थाले यस आर्थिक बर्षमा ४ लाख ५७ हजार ५ सय ८ रुपैया आयकर पछि को नाफा प्राप्त गरेको छ ।

जयगंगा बचत तथा ऋण सहकारी संस्थामा अहिले ३ हजार १ सय सदस्यले प्रत्यक्ष रुपमा कारोबार गरिरहेको संस्थाको प्रबन्धक मुकेश झा ले बताए ।
भवन उद्घाटन समारोहका अध्यक्षता संस्थाको अध्यक्ष गणेश कुमार यादब ले गर्नुभयो ।

कार्यक्रमको प्रमुख आतिथि नगर प्रमुख बिनोद कुमार साहले शिलापत्रलाइ पढेर नया भबनको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बिशिस्ट आतिथी को रुपमा समाज सेबि दुखिया भन्ने नरेन्द्र राय रहनुभएको थियो । आतिथिको रुपमा वडा नम्बर १ को वडाध्यक्ष श्यामबाबु राय , ६ को वडाध्यक्ष राम सोगारथ राय , ७ का वडाध्यक्ष उमेश राय , ४ को भु पु वडाध्यक्ष नागेश्वर राय सहित ब्यपारी बर्ग, संस्थाको संचालक समिती सदस्य ,शेयर सदस्य सहितको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.