१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
फरक कार्य गरेर धमलाले मनाए गुरुकुलम्मा जन्मदिन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

फरक कार्य गरेर धमलाले मनाए गुरुकुलम्मा जन्मदिन

सर्लाही, १३ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका मधेश प्रदेश अध्यक्ष शिवराज धमलाले आफ्नो जन्मदिनको अवसर पारी गुरुकुललाई खाद्यन्न सहयोग गरेका छन् ।

समृद्ध बहुमुखि पोलिटेक्निकल इन्स्टीच्यूटका प्रबन्धक समेत रहेको युवा नेता धमलाले आफ्नो ३४औं जन्मदिनको अवसरमा शुक्रबार लालबन्दी डुमडुमेस्थित राधाकृष्ण रामजानकी संस्कृत गुरुकुलम्लाई एक बोरा चामल, एक बोरा चिउरा र त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि एक थान कम्प्युटर टेबल र शैक्षिक सामाग्री कपी र डटपेन प्रदान गरेका हुन् ।

गुरुकुलम्का व्यवस्थापक ऋषि प्रसाद सुवेदीको रोहवर धार्मिक गुरु पण्डित अच्यूतम प्रसाद दाहाललाई खाद्यन्न तथा शैक्षिक सामाग्री प्रदान गर्दै युवा नेता धमलाले समाजलाई असल संस्कार सिकाउने काम गुरुकुलम्ले गरेको भन्दै आफू पनि गणित र विज्ञान विषयको शिक्षक भएकोले गुरुकुलमले आवश्यक ठाने निःशुल्क पढाउन तयार रहेको बताए ।

खाद्यन्न तथा शैक्षिक सामाग्री बुझ्दै गुरुकुलमका गुरु पण्डित दाहालले सबैको साथ र सहयोगकै कारण लालबन्दीमा संस्कृत गुरुकुलम फस्टाउँदै गएको बताए । उनले व्यवस्थापक ऋषि प्रसाद सुवेदीलगायतको अथक प्रयासबाट यहाँका बालबालिकाले संस्कृत तथा वेद अध्ययन गर्न पाएको बताए ।

संस्कृत भाषा ज्ञानको अथाहा महासागर भएको बताउँदै दाहालले ब्राह्मण नभएकै कारण संस्कृत तथा वेद पढ्नबाट बञ्चित हुन नपर्ने बताए ।

खाद्यन्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा दाता धमलासँगै यूवा नेताहरु ऋषि धिताल, समीर बराईली, रन्जित साहलगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.