
प्रदीप कुमार दास
फाल्गुन १३,रौतहट। रौतहटको बृन्दावन नगरपालिकामा राष्ट्रिय हातिपाईले रोग निवारण–२०७९ आम औषधी सेवन अभियान सम्बन्धी सञ्चारकर्मिसंग अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
बृन्दावन नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका अन्तर्गत पर्ने स्वास्थ्य चौकीको सभाहलमा राष्ट्रिय हातिपाईले रोग निवारण–२०७९ आम औषधी सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा सञ्चारकर्मिसंग अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
जिल्लाको पुर्वीभेगमा पर्ने बृन्दावन नगरपालिकाभित्रका ५१ हजार भन्दा बढीलाई फागुन ११ गतेदेखि २४ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरेको छ ।
शनिबार बृन्दावन नगरपालिकाको स्वास्थ्य चौकीको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा सञ्चारकर्मि अन्तरक्रिया कार्यक्रममा नगरभित्रका ५१ हजार २ सय ९२ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको जानकारी गराइएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत राम नरेश प्रसाद यादबले फागुन ११ देखि ९ वटै वडामा एकैसाथ औषधि खुवाउन कार्य सुरु गरेको जानकारी दिए ।
यादबका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाईरहेको बताउनु भयो ।दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन् स्वास्थ्य शाखा प्रमुख यादब भने ।
शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने र त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरु बताएका छन ।
ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत यादबले बताए ।चिकित्सकले कुनै हल्लाको पछि नलागी हात्तिपाइलेको औषधि सेवन गर्न आग्रह गरेका छन् ।
साथै चिकित्सकहरुलाई रोगको औषधी सेवन गराउने बेलामा नगरका कुनै पनि ब्यति छुटनु नपरोस भनि ध्यानदिएर काम गर्न चिकित्सकहरुलाई निर्देशन समेत दिएका थिए ।
बृन्दावन नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य शाखाको उप–प्रमुख ईदमहम्मद मंसुर, अभिराज नन्दन ,मधु यादब ,का।स राजदेव यादब लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।