११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा पनि माघि महोत्सव मनाइदै – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा पनि माघि महोत्सव मनाइदै

सर्लाही,१ माघ ।सर्लाहीमा पनि माघि महोत्सव धुमधामका साथ मनाइदै छ । शुक्रवार र शनिवार झाँकी तथा ¥याली कार्यक्रम कार्यक्रम गरी ईश्वरपुर नगरपालिका र हरिपुर नगरपालिकामा माघी महोत्सव मनाइदै छ ।

नेपालके आदीवासी थारु के शान, थारु कला साँस्कृती हमर पहिचान मुल नाराका साथ सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा शनिवार पनि माघी महोत्सव मनाइदै छ ।

थारु कल्याणकारिणी सभाको आयोजनामा ईश्वरपुर र हरिपुरमा माघि महोत्सव प्रत्येक वर्ष मनाउने गरिएको हरिपुरका जनप्रतिनिधि हृदय पजियारले बताउनुभयो ।

यसैगरी सर्लाहीका अधिकांश ग्रामिण भेगका महिलाहरु माघेसंक्रान्ती पर्व धुमधामका साथ मनाइरहेका छन । आज बिहानै महिला तथा पूरुषहरु नुहाएर चोखो भई तरुल, फर्सी, जाउला, तिलको लडु लगायत अन्य विभिन्न खाध्य सामग्रीको परिकारहरु खाएर पर्व मनाइरहेका चन्द्रनगर गाउँपालिका वडा नं. १ का स्थानिय रमेश यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.