१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
समृद्धी, विकास तथा शुसानको लागि मेरो उम्मेदवारी : युवा नेता देवकोटा – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

समृद्धी, विकास तथा शुसानको लागि मेरो उम्मेदवारी : युवा नेता देवकोटा

सर्लाही,२ असोज । नेपाली कांग्रेसले क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ योगराज देवकोटा(युवराज)को नाम सिफारीस भएपछि देवकोटा यतिबेला खुसी भएका छन । देवकोटाको नाम नेपाली कांग्रेस प्रदेस सभा क्षेत्र,जिल्ला कार्य समिति, मधेस प्रदेस कार्य समिति समेतले नाम सिफारीस गरेको देवकोटा समर्थक युवाहरुले बताएका छन ।

देवकोटाले प्रदेश सांसदको लागि आफु योग्य उम्मेदवार भएको दावी गरेका छन । देवकोटाका अनुसार आफु युवाहरुको प्रतिनिधि हो, पार्टीमा मेरो ठुलो योग्दान छ, पार्टीले मलाई नै विश्वास गरेर टिकट दिने देवकोटाले दाबी गरे ।

उहाले अब देश बनाउने तथा हाक्ने समय युवाहरुको भएको बताए । मैले आफनो क्षेत्रलाई समृद्धी, विकास तथा शुसान दिने उदेश्यले उम्मेदवारी दिएको देवकोटाले जानकारी दिए । अहिलेको परीवेशमा जन्ताहरु पिडामा बाचिरहेका छन, आफु सांसद बनेपछि जन्ताका विभिन्न पिडाहरुमा मलम लगाइ विकासको स्वाद चखाउने युवा नेता देवकोटाले दावी गरे ।

युवा नेता देवकोटा वि.सं. २०६० साल देखि राजनैतिक यात्रा सुरु गरेका थिए । देवकोटा २०६० सालमा जनज्योती बहुमुखी क्याम्पसमा इकाइ सदस्य, २०६२÷६३ आन्दोलनमा सकृय सहभागीता, २०६३ मा जनज्योती बहुमुखी क्याम्पसमा इकाइ सभापतीमा निर्वाचित भई राजनैतिकमा सक्रिय रहेका थिए ।

यती मात्र हैन २०६३ पश्चात २०६५ मा जनज्योती बहुमुखी क्याम्पसमा स्ववियु सभापती, २०७२ सालमा नेपाल विद्यार्थी संघ जिल्ला सभापती र २०७८ मा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ बाट सबै भन्दा बढि मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

आफनो झण्डै दुई दशकको राजनितिक यात्रामा धेरै दुख कष्ट गरी पार्टीलाई बलियो बनाउने काम गरेको हुदाँ पनि टिकट आफुले नै पाउने देवकोटाको विश्वास समेत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.