१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
रूपान्तरण कक्षाका सहजकर्ताहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

रूपान्तरण कक्षाका सहजकर्ताहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

सर्लाही, फागुन २२ गते ।समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना अन्तर्गत ‘रूपान्तरण कक्षाको समीक्षा तथा जीवन उपयोगी सीप पुनर्ताजगी र मनोसामाजिक परामर्श सम्बन्धीे साथी सहजकर्तालाई ५ दिने क्षमता अभिवृद्धि तालिम’ आइतबार होटेल सिता पैलेशमा सम्पन्न भएको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र (आर.आर.पि.के.) सर्लाहीको साझेदारीमा बुधबार अर्थात् फागुन १७ गतेबाट सुरु भएको तालिम आइतबार (फागुन२१ गते) सम्पन्न भएको हो ।
रुपान्तरण अभियन्ता प्रशिक्षक बिन्जु बराल र मनोसामाजिक परामर्शकर्ता प्रशिक्षक दिवानी घिमिरेले सहजीकरण गर्नुभएको तालिममा सिकाई परियोजना अन्तर्गत सञ्चालित रुपान्तरण कक्षाका ३० जना साथी सहजकर्ताहरुको सहभागिता रहेको थियो । परियोजना अन्तर्गत जिल्लाको ब्रहम्पुरी, चन्द्रनगर, पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकाको विभिन्न स्थानमा रुपान्तरण कक्षा सञ्चालन भईरहेका छन् । यी चार पालिकाका ४५६ बालबालिकाहरुले रुपान्तरण कक्षामा सामेल भई रुपान्तरण जीवन उपयोगी सीप तथा आत्मरक्षा सम्बन्धी कक्षा लिईरहेका छन् ।
उनीहरुलाई रुपान्तरण जीवनपयोगी सीत तथा आत्मरक्षा सम्बन्धी कक्षा सञ्चालनमा सहजकर्ताहरुलाई सहज बनाउने उदेश्यका साथ उनीहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम दिईएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) सर्लाहीका संरक्षण संयाजक नागेन्द्र कुमार साहले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.