१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

ईश्वरपुरमा ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु

सर्लाही,३० फागुन ।सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु गर्नुभएको छ ।मेयर आचार्यले मंगलवार एक कार्यक्रमका बीच अल्ट्रासाउन्ड सेवाको शुभारम्भ गरेका हुन ।
कार्यक्रममा नगर प्रमुख आचार्यले नगरका गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड (भिडियो एक्सरे ) सेवा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरिएको बताए ।

गर्भवती महिलाले सेवा प्रदान भइरहेको सम्बन्धित स्वास्थ्य संस्थामा पुगेर निःशुल्क सेवा लिन सक्ने नगर प्रमुख आचार्यले बताए ।ईश्वरपुर नगरपालिकाले करिब २० लाख पर्ने उक्त पोर्टेवल अल्ट्रासाउन्ड (भिडियो एक्सरे )मेसिन स्वास्थ्य सेवा महाशाखाबाट प्रप्त गरेको हो ।

नगर प्रमुख आचार्यका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले गाउँगाउँमै पुगे र सेवा दिने भएकाले, गर्भास्थामा हुने सम्भावित खतरा न्यूनीकरण भई मृत्यु दरमा कमि आउने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.