
सर्लाही,५ चैत्र।सर्लाहीमा सवैभन्दा बढी बिवादित पालिकाको रुपमा परिचित हरिपूर्वा नगरपालिका पुनः बिबादास्पद बनेको छ ।
हरिपुर्वा नगरपालिकामा सर्व दलिय संघर्ष समितीले ९ बुदें माग गर्दै आज प्रदर्शन गरेको छ।
हरिपुर्वा नगरपालिकाले आफ्नै जग्गा हुदाहुदै प्रशासकिय भवन नबनाएको,नारायण दास मठ मन्दिरको जग्गा फिर्ता नगरेको,बाके संग्राम्पुर सडक खण्डको अधुरो सडक निर्माण कार्यमा ढिला सुस्ति भएको,प्रहरी चौकिको जग्गा खरिद भएपनि प्रहरि चौकी निार्मण नभएको भन्दै विभिन्न माग गर्दै सर्व दलिय संघर्ष समितीले बिरोध प्रदर्शन गरेको छ।
सर्व दलिय संघर्ष समितीले आज बिरोध गर्दै हरिपुर्वा नगर परिक्रमा गर्दै प्रदर्शन गरेका थिए ।
बिरोध प्रदर्शनमा नेकपा एमाले, माओवादी, जसपा, लोसपा, लगायत विभिन्न पार्टीको कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।
नगरपालिकाको आफ्नो जग्गामा प्रशासकिय भवन बनाउ, प्रहरी चौकिको जग्गा खरिद भएको जग्गामै प्रहरि चौकी निार्मण गर ,नारायण दास मठ मन्दिरको जग्गा फिर्ता गर,बाके संग्राम्पुर सडक खण्डको अधुरो सडक निर्माण गर, पुरानो बजारको जग्गा छुटियाउ सहित ९ बुदें माग सहित सर्व दलिय संघर्ष समितीले प्रदर्शन गर्दै पुरानो बजारमा कोण सभामा परिणत भएको हरिपूर्वा नगरपालिका वडा नं ४ डुमरियाका पुर्व वडाध्यक्ष नागेश्वर रायले बताउनुभयो ।