२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा मदरसा पढने ८ सय बालबालिकालाई स्कुल ब्याग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा मदरसा पढने ८ सय बालबालिकालाई स्कुल ब्याग

सर्लाही,६ चैत्र।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मदरसा पढने ८ सय बालबालिकालाई स्कुल ब्याग बितरण गरिएको छ।

लिल्ली लिभ्स काठमाडौंको सहयोग मा भोर नेपालले मदरसा पढने मुस्लिम बालबालिकालाई ब्याग वितरण गरिएको छ।

गरिब नवाज फरिदटोल, मदरसा समिनुल, मदरसा नुरिया जियाउल ईस्लाम मोहनपुर, अल जमैत उरैजिया पोखरिया गरी सात ओटा मदरसामा ब्याग वितरण गरिएको छ।

चन्द्रनगर गााउँपालिका अध्यक्ष राजकुमार महतोको रोहबरमा लिल्ली लिभ्सले मदरसा पढने छात्र तथा छात्राहरुलाई शैक्षिक सामग्री राख्न सहजता होस भन्ने उदेश्यले स्कुल ब्याग वितरण गरेको भोर नेपालको अध्यक्ष पच्चुलाल माझीले जानकारी दिनुभयो ।

खासगरी शिक्षाको मुलधारबाट बन्चितमा परेका मदरसाका बालबालिकाहरु राज्यबाट पाउने विभिन्न सेवासुविधाबाट बन्चित हुने अवस्थालाई मध्यनजर गर्दै चन्द्रनगर गाउँपालिकाको मदरसाहरुमा पढने बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.