२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सिकाई परियोजनाको प्रभावकारीता : गुफ्रान जस्ता बालक बालश्रम गर्नबाट जोगिए – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सिकाई परियोजनाको प्रभावकारीता : गुफ्रान जस्ता बालक बालश्रम गर्नबाट जोगिए

सर्लाही,१० चैत्र ।। कानूनले तोकेकोभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउनुहुँदैन भनेर थाहा नहुँदा पनि हाम्रो समाजमा बालबालिकालाई श्रममा लगाईने गरिएको छ ।
तर जब बालबालिकालाई काममा लगाउनु हुँदैन भनेर थाहा हुन्छ तब उनीहरु बालश्रम मुक्त हुन्छन् । यस्तै भएको सर्लाहीको पर्सा गाउँपालिकामा ।
सो गाउँपालिकाको वडा नम्बर ३ बस्ने जिलानी साह फकिरका कक्षा ६ मा पढ्ने छोरा गुफ्रान अन्सारी बालश्रम गर्नबाट जोगिएका छन् ।
गुफ्रान जिलानी साह फकिरका ६ भाई छोरा र दुई बहिनी छोरी मध्येका एक हुन् । उनी घर नजिकैको आधारभूत विद्यालय नारायणपुरमा कक्षा ६ मा पढ्थे । साथीसँगतले कुलतमा फसेका उनलाई काम गर्न भारत पठाउने उनको बुबा जिलानी र आमा नसरा खातुनले गर्नुभयो । तर यो कुरा जब अष्टे«लियन एडको आर्थिक सहयोगमा ह्याण्डीक्याप ईन्टरनेशनल, वल्र्ड भिजन ईन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके), वल्र्ड एजुकेशन र पर्सा गाउँपालिकाको साझेदारीमा त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गतको समुदाय परिवर्तन समूहका सदस्यहरुले थाहा पाए, त्यसपछि गुफ्रान श्रम गर्न भारत जानबाट रोकिए ।
समुह परिवर्तन समूहका सदस्यहरुले बाल विवाह र बालश्रम सम्बन्धी अभियान लिएर घरदैलो गर्ने क्रममा गुफ्रानका बुवाआमा पनि उपस्थित भए । त्यहाँ उनीहरुले बालबालिकालाई श्रममा लगाउनु हुँदैन भन्ने कुरा बुझे र छोरा गुफ्रानलाई श्रमका लागि भारत पठाउनबाट रोके । र पुनः विद्यालय भर्ना गराई नियमित विद्यालय पठाउन थाले । अहिले उनी नियमित विद्यालय गईरहेका छन् र सिकाई परियोजना अन्तर्गत विद्यालयमा गठित नागरीक आवाज र कर्तव्य समूहमा सदस्यको रुपमा आवद्ध भई काम गरिरहेका छन् । उनी आफू जस्तै अरु साथीलाई पनि बालश्रमका विषयमा जानकारी गराउने गर्छन् ।
यसरी पर्सा गाउँपालिकामा अभिभावकमा चेतना नभएको कारण बालबालिका श्रम गर्न बाध्य हुने गरेकोमा सिकाई परियोजना सञ्चालन भएयता अधिकांश अभिभावकले बालबालिकालाई श्रममा लगाउनु हुँदैन भनेर बुझेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) का संरक्षण संयोजक नागेन्द्र कुमार साहले बताउनुभयो ।
उहाँले परियोजनाले बाल विवाह, दाईजो प्रथा तथा बालश्रम न्यूनिकरणका लागि काम गरिरहेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.