१७ फाल्गुन २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
विद्युत प्राधिकरण कार्यालय नगइकन चन्द्रनगरमा कृषि मिटर – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

विद्युत प्राधिकरण कार्यालय नगइकन चन्द्रनगरमा कृषि मिटर

सर्लाही,१३ चैत्र। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कृषि मिटर वितरण भैरहेको छ । नेपाल विद्युत प्राधिकरण कार्यालय नगइकन नै गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसानहरू खुसी भएका छन ।

विद्युत चुहाबट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ। विद्युत् मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरु हर्षित भएका छन ।गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय मलंगवा वितरण केन्द्रको समन्वयमा आज देखि किसानहरुलाई कृषि मिटर वितरण गरिरहेको छ ।

चन्द्रनगर गाउँपालिकाले पहिलो पटके विद्युत चुहावट मुक्त गर्न अभियान थालेकोले विद्युत प्राधिकरणको कर्मचारीहरु गाउँपालिकामा नै आएर आवश्यक पकृया पुरा गरेर मिटर वितरण कार्य सुरु गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले जानकारी दिनुभयो ।

कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु सिस्टमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझने , मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बति प्रकाश गर्ने लगायत सबै चरणको काम गाउँपालिकामा भइसकेको हुदाँ अब प्राविधिकरणले किसानको खेत खेतमै पुगेर कृषि मिटर जडान गर्ने प्रमुख यादबले बताउनुभयो ।

वडा नं. ५ का किसान रजाउल मंसुरले आफुले झण्डै एक वर्षमा कृषि मिटर पाएको दःुखोसे पोखनुभयो । विद्युत प्राधिकरण धाउँदा धाउँदा एक वर्ष लाग्यो, कहिले यो मिलेन कहिले त्यो कागज मिलेन प्राधिकरणले भनेर फर्काउथ्यो तर अहिले भने गाउँपालिकामै किसानले कृषि मिटर पाउनु भनेको किसानको सौभाग्य भएको मंसुरले भन्नुभयो ।

वडा नं. २ बस्ने किसान पुनित महतो भन्नुहुन्छ, पहिला आफुहरु सिँचाइको अन्य विकल्प नहुँदो डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दा वर्षभरीमा १५ हजार खर्च हुने गरेको थियो । मलगंवा विद्युत प्राधिकरण धाउँदा धेरै झण्झट हुने गरेकोले पहिला मिटर नलिएको महतोले बताउनुभयो ।

यसैगरी वडा नं. ३ बस्ने स्थानिय हरिनारायण महतोले गाउँपालिकामा दुई दिनमै मिटर लिन सफल भएको बताउनुभयो ।
चालू आर्थिक वर्ष ०७९÷८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गएको पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको थियो ।

सोही अनुरुप विद्युत चुहावट अन्त्य गर्न चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिका बाटै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

सिँचाइ क्षेत्र विस्तार हुँदा सहज सिँचाइ हुने, कृषि उत्पादन बढ्ने र किसानको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.