
सर्लाही,१३ चैत्र । सर्लाहीको लालबन्दी नगरपालिकामा ३५ जना पत्रकारको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
आज नेपाल नेत्र ज्योति संघको ४५ औँ स्थापना दिवसको अवसरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले लालबन्दी नगरपालिका वडा नं. ९ स्थित रहेको आँखा उपचार केन्द्रमा पत्रकारहरुको निःशुल्क आँखा परिक्षण तथा औषधी र चस्मा वितरण गरेको थियो ।
३५ जना पत्रकारहरु मध्ये ५ जना पत्रकारको आँखामा कुनै प्रकारको समस्या नभएको तथा ३० जना पत्रकारको आँखामा समस्या भएको दृष्टि विशेषज्ञ डा. रमेश कुमार सिंहले जानकारी दिनुभयो ।
यसैगरी ३० जना पत्रकारहरु मध्ये १९ जनालाई विभिन्न समस्याका चस्मा र २८ जना पत्रकारहरुलाई विभिन्न प्रकारका निःशुल्क औषधी वितरण गरिएको डा. सिंहले बताउनुभयो ।