
सर्लाही,१४ चैत्र । सर्लाहीको ईश्वरपुर नगरपालिकामा शितभण्डार निर्माण हुने भएको छ । वडा नं. ५ र १३ मा शितभण्डार (कोल्ड स्टोर) निर्माण हुने भएको छ। ईश्वरपुर नगरपालिका र हेल्भेटास नेपालबीच शितभण्डार निर्माण गर्न सहकार्य भएको ईश्वरपुर नगरपालिकाले जनाएको छ ।
कोल्ड स्टोर निर्माण गर्न मंगलवार ईश्वरपुर नगरपालिकाको तर्फबाट मेयर मनोजकुमार आचार्य र हेल्भेटास नेपालको तर्फबाट टोली प्रमुख हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शितभण्डार बनेपछि ईश्वरपुरका किसानलाई कृषि तथा फलफूलजन्य वस्तु चिस्यान गर्न सहजता हुने नगरपालिकाले जनाएको छ ।
वडा नं. ५ र १३ गरी दुईवटा वडामा शितभण्डार निर्माणकालागि हेल्मेटास नेपालले २० लाख रुपैयाँ रकम छुट्याइसकेका छन । संस्थाबाट काम हुँदै गर्दा आगामी दिनमा थप रकम उपलब्ध गराउने प्रतिवद्धता समेत नगर प्रमुख आचार्यले जनाएको छ ।