
हरिपूर्वा १५ ।सर्लाहीको हरुपुर्वा नगरपालिकामा तालाबन्दी गरिएको छ। विभिन्न नौ वुदें माग राख्दै सर्लाहीको हरिपुर्वा नगरपालिकामा आज हरिपुर्वा संर्घष समिति तालाबन्दी गर्नुको साथै लाठी जुलुस प्रर्दशन गरेको छ। हरिपुर्वा नगरपालिकाको कार्यालयमा नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको संर्घष समितिले जनाएको छ ।
नगरपालिकाको आफ्नो जग्गामा प्रशासकिय भवन बनाउ, प्रहरी चौकिको जग्गा खरिद भएको जग्गामै प्रहरि चौकी निार्मण गर ,नारायण दास मठ मन्दिरको जग्गा फिर्ता गर,केश्वर गरिब जनता माबिको जग्गा सार्वजनिक गर,बाके संग्राम्पुर सडक खण्डको अधुरो सडक निर्माण गर, पुरानो बजारको जग्गा छुटियाउ सहित ९ बुदें माग गर्दै संर्घष समिति विभिन्न चरणको कार्यक्रमहरु गरिरहेका छन ।

२०७९ चैत्र ५ गते देखि आफनो माग राख्दै आन्दोलनमा उत्रेका संघर्ष समिती विभिन्न चरणका साथ आन्दोलन गरिरहेपनि हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले कुनै प्रकारको वास्ता नगरेको कारण आज हामी नगरपालिकामा तालावन्दी गर्न बाध्य भएको नेकपा एमाले तथा संर्घष समितीको अध्यक्ष बिकाउ रायले बताउनुभयो । लाठी तथा झारु जुलुसमा विभिन्न पार्टीका प्रतिनधिीहरुको सहभागीता रहेको थियो ।
