१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
बबरगंजमामा २२ लाखको लागतमा चमरबा खोलामा पुल निर्माण हुने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बबरगंजमामा २२ लाखको लागतमा चमरबा खोलामा पुल निर्माण हुने

सर्लाही,१५ चैत्र । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंजमा रहेको चमरबा खोलामा पुल निर्माण हुने भएको छ । चन्द्रनगर गाउँपालिकाले २२ लाखको लागतमा पुल निर्माण गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले आज एक कार्यक्रमको बिच पुलको शिलान्यास गर्नुभएको छ । यसरी पुल निर्माण हुने भएपछि किसानहरु खुसी भएको छ ।

बर्षौ देखि चमरबा खोलामा पुल नभएपछि बर्खा याममा किसानहरुलाई आवत जावत गर्न समस्या भैरहेको थियो भने किसानी गर्न समस्या समेत भैरहेको थियो ।

अब पुल निर्माण हुने भएपछि किसानहरुको बाटोको समस्या हटेको गाउँपालिका अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.