२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
जंगलबाट फैलिएको आगोले;बाख्रा फार्म खरानी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जंगलबाट फैलिएको आगोले;बाख्रा फार्म खरानी

सर्लाही,१५ चैत्र । जिल्लाको हरिवन नगरपालिका वडा नम्बर– १ बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ ।नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षसमेत रहेका किसान उत्तम परियारले सञ्चालन गरेको बाख्रा फार्ममा आगलागी भएको हो ।

आगलागीबाट सोलार बैट्री , लत्ताकपडा, बाख्रलाई दानापानी दिने भाँडाकुडाहरु जलेर खरानी भएका छन् ।आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।घरका मान्छे सबै बजार गएको बेला दिउँसो साढे १२ बजे तिर आगलागी भएको हो । केही दिनदेखि हरिवन नगरपालिका वडा नम्बर ८, ९ र १ मा पर्ने शिवेश्वर सामुदायिक वन र हरिवन वडा नम्बर ८ र १ मा पर्ने मनकामना सामुदायिक वनमा आगलागी भइरहेको थियो । वनमा लागेको आगो फैलिएर बाख्रा फार्ममा सल्किएको स्थानीयले बताएको छ ।

बाख्रा चरणको लागि खोलिएको समयमा आगलागी भएकाले पशुचौपाय र मानवीय क्षति भने नभएको बताइएको छ । जंगलबाट फैलिएर आएको आगो गाउँलेहरु र हरिवन नगरपालिकाको वारुण यन्त्र (दमकल) ले करिब दुई घण्टापछि नियन्त्रण गरेका थिए । समयमै आगो नियन्त्रण गरेपछि नजिकैको घरका भने क्षति नभएको स्थानीयले बताए छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.