२७ जेष्ठ २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा एसईई परीक्षा मर्यादित बनाउन ४६ बुंदे आचारसंहिता जारी – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीमा एसईई परीक्षा मर्यादित बनाउन ४६ बुंदे आचारसंहिता जारी

सर्लाही,१६ चेैत्र। शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता जारी गरेको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरुको एक दिने अन्तरक्रिया कार्यक्रम मार्फत उक्त आचार संहिता सार्वजनिक गरेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।

चैत्र १७ गते शुक्रवारबाट सुरु भई चैत्र २९ गते बुधवारसम्म संचालन हुने परीक्षामा ३७ वटा परीक्षा केन्द्र मार्फत जिल्लाभर ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्यार्थीले सहभागी हुने भएका छन ।

साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ गरी जम्मा १० हजार ९१६ जना विद्यार्थीले कक्षा १० को अध्ययन पूरा गरी एसईई दिन लागेका हुन ।
जिल्ला भरिका ३७ वटै परीक्षा केन्द्रहरुमा ३७ जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष ७४ जना, निरीक्षक ५३५ जना, परीक्षा सहायक १०७ जना, विद्यालय सहयोगी/कार्यालय सहयोगी २१४ जना र आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिने इकाइले जनाएको छ ।

गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसईईको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।

एसईईमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् ।
परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसईई सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए ।

गत वर्षको एसईईमा ३७ वटा परीक्षा केन्द्र मार्फत जम्मा १०४२१ जना विधार्थीहरु सहभागी भएका थिए भने सामुदायिक विधालयमा ९०७९ जना र नीजि विधालयमा १३४२ जना विधार्थी सहभागी भएको थियो ।
सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागिता रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।
गतबर्ष परीक्षाको मर्यादा कायम गर्न नसकेको भन्दै बरहथवा नगरपालिका वार्ड न. ५ चक्र जनता माध्यमिक विद्यालयमा रहेका परीक्षा केन्दका केन्द्राअध्यक्ष रामबहादुर रायलाई निलम्बन गरिएको थियो भने परीक्षा अवधि भर एक केन्द्राध्यक्ष सहित १० जना निरीक्षकलाई समेत निलम्बन गरिएको थियो ।
उत्तरपुस्तिका विधालयहरूमा र प्रश्न पत्र परीक्षा केन्द्र रहेको विधालयको नजिकको प्रहरी कार्यालयमा पुगी सकेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.